काठमाडाैँ ।स्थानीय तह निर्वाचनका लागि प्रदेश १ का विभिन्न १४ जिल्लास्थित १ सय ३७ पालिकाको प्रमुख पदमा ९ सय ८ जनाको उम्मेदवारी परेको छ।
विराटनगरस्थित निर्वाचन कार्यालय प्रदेश १ का अनुसार हालसम्म प्राप्त विवरण अनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मेयरपदमा उम्मेदवारी दिनेको संख्या ४ सय १९ रहेको छ।
कार्यालयका अनुसार प्रदेशभित्रका विभिन्न गाउँपालिकाको अध्यक्षमा ४ सय ८९ जनाले उम्मेदवारी दिएका छन्। त्यसैगरी, हालसम्म उपमेयरमा ३ सय ११ जनाको उम्मेदवारी परेको छ।कार्यालयले गाउँपालिका उपाध्यक्षमा ३ सय ९१ र पालिकाको उपप्रमुखमा ७ सय २ जनाले मनोनयन दर्ता गराएका छन्। अर्कोतर्फ, प्रमुख र उपप्रमुखमा १ सय हजार ६ सय १० जनाको उम्मेदवारी परेको छ।
त्यसैगरी, वडाध्यक्षमा ५ हजार १७, महिला सदस्यमा ३ हजार ८ सय, दलित महिला सदस्यमा ३ हजार ४ सय ४ जनाको मनोनयन दर्ता भएको छ। खुला सदस्यतर्फ ८ हजार ४८ जनाले उम्मेदवारी दिएको कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख एवं निर्वाचन अधिकृत लेवन काश्यप अधिकारीका अनुसार हालसम्म प्रदेश १ मा २१ हजार ८ सय ७९ जनाको उम्मेदवारी परेको छ। प्रदेश १ मा विराटनगर महानगरपालिकासँगै उपमहानगरपालिका २, नगरपालिका ४६ र गाउँपालिका ८८ वटा रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ बैशाख २०७९, १२ : ३९
लेखकबाट थप