लुम्बिनी प्रदेश : दुई उपमहानगरबाहेक अधिकांश पालिकामा गठबन्धनभित्र गठबन्धन

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १२ : १२
लुम्बिनी प्रदेश : दुई उपमहानगरबाहेक अधिकांश पालिकामा गठबन्धनभित्र गठबन्धन

काठमाडाैँ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन अधिकांश जिल्लामा कार्यान्वयन हुन सकेन ।

गठबन्धनमा आवद्ध पाँचवटै दलको सहअस्तित्व स्वीकार गर्दै प्रदेशका १०९ पालिकामै सम्मानजनक सिट बाँडफाँट गर्ने प्रतिवद्धता सहित पाँच दलले संयन्त्र र कार्यदल गठन गरेका थिए ।तर पाँचै दलबीच गठबन्धन गर्दा भागबण्डामा थोरै हिस्सा पाइने भएपछि कांग्रेस र माओवादी केन्द्रले दुई दल मात्रै मिल्दा पनि एमालेलाई हराउन सकिने पालिकाहरुमा अरु दललाई गठबन्धनमा सामेल नगराउने रणनीति अपनाएका छन् ।

जसले गर्दा मनोनयनको अन्तिम दिनसम्म सहमतिका नाममा साना दललाई अल्झाएर धोका दिएको एकीकृत समाजवादी र जसपाको ठम्याइ छ ।कांग्रेस नेताहरु भने गठबन्धनभित्रको नेकपा एकीकृत समाजवादी भर्खरै स्थापित नयाँ दल, जनता समाजवादी पार्टीको पहाडी जिल्लाहरुमा जनाधार नभएको र राष्ट्रिय जनमोर्चाको पनि प्युठान र अर्घाखाँची बाहेकका जिल्लामा खासै संगठन नभएकाले पाँचै दलबीच सबै पालिकामा गठबन्धन हुन नसकेको बताउँछन् ।

यही कारण प्रदेशका ४ उपमहानगरमा केन्द्रबाट भागबण्डामा सहमति भएपनि बुटवल र तुल्सीपुरमा मात्रै गठबन्धन अनुसार उम्मेदवारी दर्ता भयो । दाङको घोराही र बाँकेको नेपालगन्ज उपमहानगरमा पाँच दलको गठबन्धन कायम हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस