युक्रेनका लागि अमेरिकी राजदूतमा ब्रिजेट ब्रिन्क नियुक्त

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १२ : ०२
युक्रेनका लागि अमेरिकी राजदूतमा ब्रिजेट ब्रिन्क नियुक्त

 अमेरिकाले ब्रिजेट ब्रिन्कलाई युक्रेनका लागि अमेरिकी राजदूतमा नियुक्त गरेकाे छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दिग्गज कूटनीतिज्ञ ब्रिजेट ब्रिन्कलाई युक्रेनका लागि नयाँ अमेरिकी राजदूतमा चयन गरेका हुन्।यसअघि, ह्वाइट हाउसले ब्रिन्कले विगत तीन वर्षदेखि खाली रहेको ‘मुख्य पद’ लिने घोषणा गरेको थियो।

अमेरिकाले ब्रिन्ककाे नियुक्ति यस्तो समयमा भएको बताएको छ जब उसको देशले रुसको आक्रमणको सामना गर्न युक्रेनलाई सबै सम्भव सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको छ।

ब्रिन्क हाल स्लोभाकियाका लागि अमेरिकी राजदूतका रूपमा कार्यरत छिन् । उनी विगत २५ वर्षदेखि कूटनीतिज्ञकाे रूपमा काम गर्दै आइरहेकी छिन्।ह्वाइट हाउसले ब्रिन्कको दशकौंको अनुभवले उनलाई युक्रेनको इतिहासको महत्त्वपूर्ण समयमा यो पदका लागि योग्य भएकाे बताएकाे छ।

 

प्रतिक्रिया दिनुहोस