काठमाडाैँ ।आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम तथा बजेटका विषयमा अर्थ मन्त्रालयले छलफललाई तीव्रता दिएको छ ।
यसैक्रममा आज मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग अर्थ मन्त्रालयले छलफल गरेको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सम्बन्धित मन्त्रालयका सचिवलगायतकाे उपस्थिति थियो ।
बजेटका विषयमा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयसँग छलफल गरिरहेको छ । सोमवार मात्रै वन तथा वातावरण मन्त्रालय, भौतिक योजना तथा पूर्वाधार मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अर्थमन्त्री शर्माले छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ बैशाख २०७९, ११ : ४३
लेखकबाट थप