बेलबारीमा एमालेको उम्मेदवारी, कांग्रेस-माओवादी एक्लाएक्लै लड्ने

रासस

सोमबार, १२ बैशाख २०७९, १४ : ०८
बेलबारीमा एमालेको उम्मेदवारी, कांग्रेस-माओवादी एक्लाएक्लै लड्ने

काठमाडौं । नेकपा एमाले बेलबारी नगरपालिकाको मेयरको उम्मेदवार डिपि राईलाई बनाएको छ । भने उपमेयरमा तिलकुमारी गौतमलाई बनाएको छ। लामो छलफलपछि मेयर र उपमेयरको पदमा राई र गौतमलाई उम्मेदवार बनाएको हो।

यता, गठबन्धन आबद्ध रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले भने एक्लाएक्लै चुनाव लड्ने तयारी गरिरहेका छन्। आइतबार विराटनगरमा लामो समय छलफलमा बस्दा पनि कुनै निष्कर्ष नआएपछि कांग्रेस र माओवादी एक्लाएक्लै जाने तयारी गरेको माओवादीको एक नेताले बताए। 

राजनीति अवस्था

०७४ को स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवार वर्तमान मेयर ज्ञानेन्द्र  सुवेदी विजयी भएका थिए। उनले १० हजार ७ सय ८४ मत ल्याएर कांग्रेसका राजकुमार लिम्बूलाई हराउँदै बेलबारी नगरपालिकाको नेतृत्वको बागडोर सम्हालेको थिए। 

उपमेयरमा पनि एमालेकै उपमेयर ढाकाकुमारी पराजुलीले ११ हजार ३ सय २२ मत ल्याएर काँग्रेसकी रुकमणि धिमाललाई हराउँदै विजय हासिल गरेकी थिइन्।

०७४ सालको निर्वाचनदेखि ०७९ मा आइपुग्दा एमालेको राजनीतिक हिसाव तलमाथि भएको छ। 

नेपाली कांग्रेसका नेता तथा नोबेल मेडिकल शिक्षण अस्पतालका सञ्चालक सुनिल थापाको निर्वाचन क्षेत्र समेत रहेको बेलबारी नगरपालिकामा माओवादी केन्द्रको पनि आफ्नै परम्परागत मत रहेकाले निर्वाचन थप प्रतिस्पर्धात्मक रहने बेलबारीका विशाल राई बताउँछन्।

प्रतिक्रिया दिनुहोस