नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विष्फोट, एक सयभन्दा बढीको मृत्यु

एजेन्सी

आइतबार, ११ बैशाख २०७९, १६ : ०९
नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विष्फोट, एक सयभन्दा बढीको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको बिस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ ।

बिस्फोटका कारण प्रशोधन केन्द्रको वरिपरिको गाउँमा समेत क्षति पुगेको छ । मारिनेमा अधिकांश अवैध रुपमा बिक्री गरिएको इन्धन किन्न लाइनबद्ध भएकाहरु रहेका छन् । नाइजेरियामा बढ्दो बेरोजगारीका कारण निकै कै घातक मानिएको तेल प्रशोधन केन्द्रमा आफै तेल उत्पादन गर्न जोखिम मोल्ने गरेका कारण बर्षेनी हुने बिस्फोटमा ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस