बुटवलको जंगलमा श्रीमान-श्रीमती मृतावस्थामा फेला

सफल खबर संवाददाता

आइतबार, ११ बैशाख २०७९, १५ : २३
बुटवलको जंगलमा श्रीमान-श्रीमती मृतावस्थामा फेला

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर जंगलमा श्रीमान् श्रीमती मृताअवस्थामा फेला परेका छन् ।

बुटवल ११ स्थित  देविनगर बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ  मृतावस्थामा फेला परेका  प्रहरीले जनाएका छ  । जंगलमा शव सुकिसकेको अवस्थामा स्थानीयहरुले  फेला परेपछि प्रहरीलाई खबर  गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवल प्रमुख ठगबहादुर केसीले घरेदेखि  बेपत्ता भएको एक महिनापछि जंगलमा मृताअवस्थामा फेला परेको जानकारी दिए । 

चैत ६ गते घरबाट हिँडेका श्रेष्ठ दम्पती घर परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजतलासको लागि प्रहरीको निवेदन समेत दिएका थिए । प्रहरीले शव अगाडि पोइजनका बोतल समेत फेला परेकोले आत्महत्या गरेको आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस