काठमाडौं । धनगढी उपमहानगरपालिकाकाे मेयरका लागि स्वतन्त्र उम्मेदवार गाेपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्।
आज उम्मेदवारी दर्ताकाे पहिलाे दिन स्वतन्त्र उम्मेदवार हमालले समर्थकसहित धनगढीस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।धनगढी चाैराहबाट बाजगाजा सहितकाे र्याली मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेकाे थियाे।र्यालीमा उनका समर्थकले उनका पक्षमा नाराबाजी गरेका थिए।
२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि हमाल धनगढी उपमहानगरकाे मेयरमा निर्वाचन लडेर पराजित भएका थिए। उनी नेपाली कांग्रेसका नृप वडसँग पराजित भएका थिए।यसपटक पनि हमाल नेपाली कांग्रेसका मेयरका उम्मेदवार नृप वडसँगै प्रतिस्पर्धा गर्दैछन्।कांग्रेस लगायत अन्य दलले भने भाेलि मात्र उम्मेदवारी दर्ता गराउने भएका छन्।हमालसँगै गठबन्धन दलबाट कांग्रेसका नृप वड र एमालेका रणबहादुर चन्द मेयरमा निर्वाचन लडदैछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १२ : ०२
लेखकबाट थप