काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ८७ प्रकारका मतपत्र छापेर (डिजाइन) गरेर जिल्ला जिल्लामा पठाइरहेको जनाएको छ ।
शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय निर्वाचनका लागि ८७ प्रकारका मतपत्र डिजाइन गरेर विभिन्न जिल्लामा पठाउने काम भइरहेको बताए ।
उनका अनुसार अघिल्लो पटकको चुनावमा १० प्रकारमा मात्र मतपत्र रहेको थियो तर, यस वर्ष डिजाइनको संख्या बढाइएको छ । निर्वाचन आयुक्त थपलियाले आइतबारदेखि सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको बारे आयोगले अनुगमन गर्ने पनि बताए ।
आयोगले सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता पालना गरेको नगरेको भन्नेबारे अनुगमनका लागि अनुगमन टोली खटाउन लागिएको पनि उनले जानकारी दिए । सामाजिक सञ्जालमा अनावश्यक विकृतिहरुलाई रोक्न अनुगमन टोली खटाइएको उनले बताए ।
आयुक्त थपलियाले देशभर निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई परिचालन गरिएको पनि बताए । उनका अनुसार उम्मेदवार टुङ्गो लागेपछि आचार संहिता लागू भए नभएकोबारे कडाईका साथ अनुगमन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुगमन अधिकृतलाई आयोगको अनुरोध
समानुपातिक बन्द सूचीमा रहेका त्रुटिबारे दलहरूसँग छलफल गर्दै आयोग
आयोगद्वारा नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा
३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन