काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभर १० हजार पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् ।
निर्वाचन आयोगले मापदण्ड पूरा गरेका ४४ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको हो । पर्यवेक्षकहरुले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको अनुगमन गर्न पाउने छैनन् । उनीहरुलाई मनोनयनदेखि मतपरिणाम सार्वजनिक हुँदासम्म अनुगमन गर्न अनुमति दिइएको छ
पर्यवेक्षकहरुले निर्वाचन सकिएपछि तोकिएको अवधिमा निर्वाचन आयोगमा प्रतिवेदन बुझाउनुपर्छ । पर्यवेक्षकहरुले स्थानीय तह निर्वाचनमा कम्तिमा पनि हरेक प्रदेश समेटिने गरी ५० मतदानस्थलको अवलोकन गर्नुपर्नेछ । प्रचलित कानून वा निर्वाचन आचारसंहिताको उल्लंघन गरेमा पर्यवेक्षको अनुमतिपत्र रद्द हुनेछ । अनि एउटा मतदान स्थलमा एउटा संस्थाले एक भन्दा बढी पर्यवेक्षक खटाउन नमिल्ने जनाइएकाे छ।
साथै एक जना व्यक्ति एउटा भन्दा बढी संस्थाको पर्यवेक्षक बन्न पनि नपाउने निर्वाचन आयोगले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी चुनावका लागि मतदाता नामावली छपाई सुरु
निर्वाचन आयोगले दुःख दियो : रवीन्द्र मिश्र
समानुपातिकको बन्द सूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
७ वटा दलले बुझाए समानुपातिकको सूची
समानुपातिक उम्मेदवारको बन्द सूची समयमै बुझाउन दलहरूलाई निर्वाचन आयोगको अनुरोध