काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ । चालू आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उच्च ८९.७९ अंकले गिरावट आएको छ ।
८ महिना अगाडि २०७८ भदौ २ गते बुधबार ३१९८.६० बिन्दुमा पुगेर नेपाली शेयर बजारमा नयाँ कीर्तिमान बनेको थियो । तर, आठ महिनायता लगातार रुपमा गिरावट आएको नेप्से २०७९ बैशाख ८ गतेसम्म आउँदा ८७३.१५ अंकले घटेर २३२५.४५ विन्दुमा सिमित भएको छ । नेप्सेमा आएको उच्च गिरावटले शेयर लगानीकर्ताको कूल पूँजीमा पनि उच्च गिरावट आएको छ ।
नेप्से ३२ सय विन्दुमा पुग्दा झण्डै २२ अर्बसम्म कारोबार गरेका लगानीकर्ता अहिले अन्योलमा रहँदा कारोबार रकम खुम्चिएर १ अर्बमा झरेको छ । यो हप्तालाई नै आधार मान्ने हो भने ५ दिनको कारोबारमा दुई दिन सामान्य अंकले बढ्दा ३ दिन उच्च अंकले गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार
बढ्यो सेयर बजार, ९ अर्ब ५० करोडको कारोबार
सेयर बजारले नाघ्यो २७ सय विन्दु