काठमाडौं । जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।
कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट जसपा नेपालको भागमा परेपछि असन्तुष्टि बढेको हो ।
सोही असन्तुष्टिका कारण साह नेतृत्वमा आजै २ बजे पत्रकार सम्मेलन गरी आवाश्यक निर्णय लिने तयारी भएको छ । ‘आज २ बजे पत्रकार सम्मेलन गरेर जनकपुर कांग्रेसले आवाश्यक निर्णय लिने जानकारी दिइएको छ । के निर्णय हुनेछ, त्यो भने अझै खुलाइएको भने छैन,’ प्रेस युनियनका धनुषा जिल्ला अध्यक्ष राजनसिंहले बताए ।
सम्भवतः पार्टीवाट राजीनामा दिएर साह नेतृत्वमा जनकपुर धाममा स्वतन्त्र उम्मेदवारी दिने बारेमा निर्णय लिने बुझिए पनि औपचारिक जानकारी भने अझै गराईएको छैन । यसबारेमा थप जानकारी लिन खोज्दा नगरसभापति साह सम्पर्कमा आउन चाहेनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै