पदाधिकारीको चुनावमा ‘नो भोट’को प्रावधान राख्नुपर्छ : सागर ढकाल

सफल खबर संवाददाता

विहीबार, ११ असार २०८३, १५ : १९
पदाधिकारीको चुनावमा ‘नो भोट’को प्रावधान राख्नुपर्छ : सागर ढकाल

चितवन । रास्वपाका नेता सागर ढकालले पार्टी पदाधिकारीको चुनावमा ‘नो भोट’को प्रावधान राख्नुपर्ने बताएका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पहिलो चरणको निर्वाचनमा सम्भव नभए पनि पदाधिकारीको निर्वाचन सो प्रावधान राख्न माग गर्ने बताए।

उनले भने, ‘नो भोटको प्रावधान हामीले राख्नुपर्ने हो। ९९ जना केन्द्रीय सदस्य त हुनुपर्‍यो। तर अब पदाधिकारीको चुनावमा नो भोटको लागि हामीले राख्नुपर्छ, कुरा उठाउँछौँ।’

उनले नो भोटका प्रावधान राख्नको लागि आफूले माग गर्ने बताए।

प्रतिक्रिया दिनुहोस