काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सञ्चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो ।
‘अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घाटन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुनेछ,’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले न्युज कारखानासँग भने । उनका अनुसार सोही अवसरमा एमालेले स्थानीय तह निर्वाचनसबन्धी प्रतिवद्धतापत्र पनि सार्वजनिक गर्नेछ ।
गत २०७२ को महाभूकम्प पछि बल्खुबाट धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको एमाले केन्द्रीय कार्यालय एक वर्ष अघि थापाथलीमा सरेको थियो । थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट औपचारिक उद्घाटन हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
ओलीले किन अघि सारे जेनजीसहितको सर्वपक्षीय सरकारको प्रस्ताव ?
ओली, लेखक, गृहसचिवसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट दर्ता
‘काम नलाग्ने चिज मात्रै छोडेर बालकोटमा आगजनी गरिएको छ’ : ओली
‘यस्तै हो भने म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ’ : ओली