हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको प्रतिमा तोडफोड

सफल खबर संवाददाता

शुक्रबार, ०९ बैशाख २०७९, ०९ : २३
हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको प्रतिमा तोडफोड

हेटौंडा । हेटौंडा–९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । आज राती अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको प्रतिमा तोडफोड गरेका हुन् । आज बिहान पार्कमा पुगेका स्थानीयले सालिक तोडिएको देखेपछि पार्क ब्यवस्थापन समितिलाई जानकारी गराएका थिए ।

समितिले प्रहरीलाई जानकारी गराउँदै अहिले ईलाका  प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोली घटनाको भएको स्थानमा रहेका आइसकेको छ   । आसन्न स्थानिय निर्वाचन नजिकिँदै गर्दा यस किसिमको घटनाले नियोजित रुपमा राजनीतिक पूर्वाग्रह राखेर नै तोडफोड गरिएको हुन सक्ने हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले अनुमान गरे  ।

पार्कमा अन्य कुनै संरचनालाई क्षती नगरी मात्र मदन(आश्रित को मात्र प्रतिमा तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको उनको भनाई छ । जीवराज आश्रितको प्रतिमा पुरै उखालेर फालिएको छ भने मदन भण्डारीको शिर भाँचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस