काठमाडौँ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति पाएको छ ।
कम्पनीले प्रतिशेयर रु. १०० अंकित दरका ३३ करोड ७ लाख ५० हजार रुपियाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्काशनको अनुमति पाएको हो । सेबोनले वैशाख ७ गते उक्त कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।
आईपीओ निष्काशनका लागि एमएमबि क्यापिटललाई यसअघि नै बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले स्थानीयवासी र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी शुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १४ : ३५
लेखकबाट थप