संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गर्नुभएको छ । क्रिश्चियनको विदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गरिएको छ ।
यही बिहीबारदेखि इस्टर सुरु हुने र आइतबारसम्म रहने भएकाले सो समयमा आक्रमणका काम नगर्न र सबैलाई मानवीय सहायताका लागि बाटो बनाउन संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले आग्रह गर्नुभएको हो । युक्रेनमा रुसले आक्रमण गरेको महिना दिनभन्दा बढी भए पनि अहिले पनि कतिपय स्थानमा रुसको हमला जारी नै रहेको पाइएको छ । त्यसैले यो पर्वका अवसरमा युद्धविराम गरी अप्ठेरोमा परेका नागरिकलाई सहायता वितरणको काममा लाग्नका लागि वातावरण निर्माण गर्न उहाँले आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०७ बैशाख २०७९, १३ : ३३
लेखकबाट थप