श्रीलंकाले आइएमएफसँग माग्यो आर्थिक सहयोग

एजेन्सी

बुधबार, ०७ बैशाख २०७९, ०८ : ५४
श्रीलंकाले आइएमएफसँग माग्यो आर्थिक सहयोग

एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग आपतकालीन आर्थिक सहयोग मागेको छ ।

अर्थतन्त्र तथा व्यवसायलाई तहसनहस हुनबाट जोगाउनका लागि आर्थिक सहयोग प्रदान गर्नेबारे छलफल भइरहेको बताएको श्रीलंका सरकारले आइएमएफसँग पैसा माग गरेको हो ।

श्रीलंकाका अर्थमन्त्री अली साबरी आर्थिक सहायताका बारेमा छलफल गर्न अधिकारीहरूसँग वासिङ्टनमा उपस्थित छन्। श्रीलंकाको अर्थ मन्त्रालयले भन्यो, ‘देशको आर्थिक संकटलाई न्यूनीकरण गर्न अर्थमन्त्रीले हालसम्म चालेका कदमको आइएमएफले प्रशंसा गरेको छ।’

पछिल्ला दिनमा श्रीलंकाले आफ्नो वैदेशिक ऋण तत्काल तिर्न नसक्ने बताउँदै आएको छ। श्रीलंकाको ऋण ५१ बिलियन अमेरिकी डलर रहेको छ । जसमध्ये उसले चीनसँग करिब ३६ प्रतिशत ऋण लिएको छ ।