उत्तर काेरियाका लागि अमेरिकी उच्च राजदूत किम सोल पुगे

एजेन्सी

सोमबार, ०५ बैशाख २०७९, १६ : ०५
उत्तर काेरियाका लागि अमेरिकी उच्च राजदूत किम सोल पुगे

प्योङयाङले प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी उच्च राजदूत सोमबार सोल आइपुगेका छन् ।

प्योङयाङले यसवर्ष एक दर्जनभन्दा बढी आणविक परीक्षणहरु गरेको छ ।गत हप्ताको अन्त्यमा भएको आणविक परीक्षण सबैभन्दा पछिल्लो र छोटो दूरीको परीक्षण भएको उत्तर कोरियाले दाबी गरेको थियो ।

उत्तर कोरिया नीतिको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किमले आफ्नो पाँचदिने भ्रमणका क्रममा दक्षिण कोरियाली समकक्षी नोह क्यु-डुक र अन्य अधिकारीहरूसँग भेटवार्ता गर्न लागेका छन् ।सोल र वासिङ्टनले नौ दिने वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उनको आगमन भएको हो ।

तर, हालैका वर्षहरूमा निवर्तमान राष्ट्रपति मुन जाय-इनले उत्तरसँग आणविक वार्तालाई सहज बनाउने प्रयास गरे पनि उत्तर कोरियाले भने हात बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस