रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । देवाहीगोनाही नगरपालिका ४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हो ।
बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गएराति १० बजे दुर्घटनामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका(४ का २२ वर्षीय कमोद यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।
दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए ।
दुर्घटनामा भारतको बिहारका विकास यादव घाइते भएका छन् । सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । यादव मोटरसाइकलमा सवार थिए । उनी सवार मोटरसाइकलका चालक फरार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
कागजपत्र नभएका ४ जिप र १२ मोटरसाइकल बरामद
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते