हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा शनिबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्।
दुर्घटनामा प९०६९ नम्बरको मोटरसाइकलको पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक उनका ४८ वर्षीय श्रीमान प्रवीण श्रेष्ठ घाइते भएका थिए।गम्भीर घाइते कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
प्रवीणको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ म्बरको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
मोटरसाइकलमा ठोक्किएपछि बा प्र ०३–००५प ९०६९ नम्बरको मोटरसाइकल ना ७ ख ५०१० नम्बरको बसमासमेत ठोक्किएको थियो। मोटरसाइकल र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाइकल बरामद
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते