काठमाडौं । रौतहटमा बिहे घरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । बिहे घरमा गीत गाउने क्रममा माइकमा विद्युतको करेन्ट प्रवाह भइ लाग्दा ३० वर्षीया सम्घरिया देवीको मृत्यु भएको हो।
दुर्गाभगवती गाउँपालिका १ स्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूर्वसन्ध्यामा शनिवार अबेर गाउँलेह? भेला भएर नाचगान गरिरहेका थिए । गीत गाउने क्रममा माइकमा एकाएक करेन्ट प्रवाह हुँदा नरेश राउतकी सम्घरिया देवीलाईसहित ८ जना महिलालाई करेन्ट लागेको थियो ।
सुकदेवचोकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।घाइतेह?को स्थनीय अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ बैशाख २०७९, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिलो त्रैमासमै १ हजार ८०५ गिगावाट-आवर विद्युत भारत निर्यात
त्रिवेणी सिन्थेटिकद्वारा डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता भुक्तानी
आजदेखि ८ दिनसम्म राजधानीका यी स्थानमा विद्युत अवरुद्ध हुने