बझाङमा कांग्रेस जिल्ला सभापति र उनका परिवार चढेको जीप दुर्घटना, एक जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०४ बैशाख २०७९, ०७ : ४३
बझाङमा कांग्रेस जिल्ला सभापति र उनका परिवार चढेको जीप दुर्घटना, एक जनाको मृत्यु

बझाङ । नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना परेको छ । सो दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो । 

दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने ३ जना घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।  प्रहरीका अनुसार जीप गएराति १२:४० बजे दुर्घटना भएको हो ।  जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस