रुसले आक्रमण सुरु गरेयता तीन हजार युक्रेनी सैनिकको निधन भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। अरु १० हजार सैनिक घाइते भएको उनले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका ज्याक टेपरसँगको अन्तर्वार्ताको क्रममा उनले युद्धमा हताहत भएका सैनिक र घाइतेबारे जानकारी गराएका हुन् । महिना दिनअघि जेलेन्स्कीले युद्धमा मारिने युक्रेनी सैनिकको संख्या १३ सयको हाराहारीमा रहेको बताएका थिए । उनले रुसी सैनिकमा हताहती अधिक भएको दाबी गर्दै आएका छन् । दुवै पक्ष ९युक्रेन र रुस० ले युद्धमा विपक्षीलाई ठूलो क्षति भएको दाबी गर्दै आएका छन् ।
यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले रासायनिक आक्रमण गर्न सक्ने बताएका छन्। सिएनएनसँगको अन्तर्वार्ताको क्रममा उनले अझै पनि रुसबाट रासायनिक आक्रमणको जोखिम रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ बैशाख २०७९, ११ : ०१
लेखकबाट थप