एजेन्सी । रुसले युक्रेनमाथि विना कारण आक्रमण गरेको शुक्रबार ५१ दिन पुगेको छ ।
युद्ध लम्बिदै जाँदा युक्रेनी सेना रुसमा पनि प्रवेश गरेको दाबी रुसको छ । रुसले युक्रेनलाई निकै चाँडै आफ्नो नियन्त्रणमा ल्याउने आकलन गरेको थियो । तर युक्रेनी सेनाले रुसी सेनासँग डटेर लडेपछि रुसले सोचको भन्दा फरक ढंगले यो युद्ध लम्बिएको छ । युक्रेनी सेनाले हिम्मत हारेका छैनन् । युद्धकै क्रममा सीमामा युक्रेनी सेनाले रुसी नागरिकमाथि आक्रमण गरेको रुसको दाबी छ । रुसले युक्रेनी सेनाले सीमा नजिकैको बेल्गोरोड र ब्रायनस्कमा आक्रमण गरेको आरोप लगाएको छ । त्यसमा कैयन रुसी नागरिक घाइते भएका रुसको भनाई छ । तर युक्रेनले भने रुसी दाबी झुठो भएको बताएको छ । उसले सीमामा रहेको रुसी रेलको पुलमा मात्रै आक्रमण गरेको बताएको छ । यो रेलको पुल रुसका लागि निकै महत्वपूर्ण थियो । किनकी त्यहाँबाट रुसले युक्रेन आक्रमणमा सैन्य उपकरणहरू आपूर्ती गरिरहेको थियो ।
रुस र युक्रेनको युद्ध झन– झन भयानक बन्दै गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । रुसले युक्रेनमा पारेको तहस नहसबाट क्रुद्ध भएको युक्रेनी सेनाले रुसमा प्रवेश गरेर आक्रमण गर्ने रणनीति बनाएको छ । रुसले युक्रेनका सबै शहरहरु बम र मिसाइल आक्रमणबाट खण्डहर बनाएको छ । निकै चहल पहल रहने युक्रेनका बिभिन्न शहरहरु मसानघाट जस्तै भएका संचारमाध्यमले जनाएका छन् । रुसले अस्पताल,बिद्यालय,खानेपानी जस्ता युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारेको छ । युक्रेनी सेना रुसमा प्रवेश गरेर आक्रमण गरे युक्रेनमा थप आक्रमण बढाउने धम्की रुसले दिएको छ । उसले युक्रेनी सेनालाई रुसी क्षेत्रमा आक्रमण नगर्न पनि चेतावनी दिएको छ ।रुसले युक्रेनमाथि गत फेब्रुअरी २४ देखि आक्रमण शुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ बैशाख २०७९, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति