रुस-युक्रेन युद्ध : क्षतिग्रस्त रुसी पानीजहाज समुद्रमा डुब्यो

एजेन्सी

शुक्रबार, ०२ बैशाख २०७९, १२ : ४३
रुस-युक्रेन युद्ध : क्षतिग्रस्त रुसी पानीजहाज समुद्रमा डुब्यो

एजेन्सी । रुस-युक्रेन युद्धका क्रममा विस्फोटबाट क्षतिग्रस्त बनेको एउटा रुसी पानीजहाज समुद्रमा डुबेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार रुसका ९ जना सैनिक सवार पानीजहाज समुद्रमा समुद्रमा डुबेको हो ।

ब्ल्याक सीमामा क्षतिग्रस्त भएको उक्त जहाज समुद्रको किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको बीबीसीमा उल्लेख छ । युक्रेनले ‘मस्क्भा’ नामक लडाकु पानीजहाजमाथि आफूले क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । १२ हजार टन तौल रहेको सो पानीजहाज युद्धका क्रममा डुबेको यो दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठूलो हो । उक्त जहाज सन् १९८० को दशकमा युक्रेनको दक्षिणी सहर मेकलोएभमा निर्माण गरिएको थियो । रुसले आक्रमणबारे केही नखुलाए पनि रुसी रक्षा मन्त्रालयले भने आगलागी र विस्फोटका कारण जहाजमा क्षति पुगेको दाबी गरेको छ ।

पाँच सय १० जना रुसी फौज रहेको पानीजहाज युक्रेनविरुद्ध रुसी नौ सैनिक आक्रमणको प्रमुख मानिएको थियो । रुसका अनुसार पानीजहाजमा भएका सबैलाई अर्को जहाजमा सारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस