काठमाडौं । युक्रेन र रुसबीच भएकाे जारी युद्ध आज (शुक्रबार) ५१ दिन पूरा भएको छ । साेही युद्धका कारण युक्रेनको मारियुपोल शहरमा भोकमरिका कारण मानिसहरूको मृत्यु भएकाे छ । संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशकका अनुसार रुसी सैनीकको घेराउमा परेका युक्रेनको मारियुपोल शहरका मानिसहरूको भोकमरिका कारण मृत्यु भैरहेको छ ।
रुसले अझै केही साता आक्रमणालाई तीब्र बनाउले हो भने संकट अझै बढ्ने छ । डब्लुएफपीका कार्यकारी निर्देशक डेभिड ब्यास्लेले १४ अप्रिल (बिहिबार) का दिन युक्रेनको राजधानी किभमा एसोससिएटेड प्रेस (एपी) सँगको कुराकानीमा यस्तो चेतावनी दिएका हुन् । खाद्यान्न निर्यात गर्ने युक्रेनमा रुसको आक्रमणले वरपरका देशहरु अस्थिर हुन सक्ने उनकाे भनाइ छ । अहिले राम्रो जीवन खोज्ने शरणार्थीको संख्या पनि बढ्न सक्ने डब्लुएफपीका कार्यकारी निर्देशक ब्यास्ले बताएका छन ।
गत २४ फेब्रुअरीबाट युक्रेनमा सुरु भएको जारी युद्धले युक्रेनको सम्पूर्ण स्थितीलाई संकटमा पार्नुका साथै युक्रेनलाई नै पूरै नष्ट पारेको छ । यी सबै सघर्षकाबीच डब्लुएफपी र अन्य सहायता संगठनले संकटमा परेका मानििसम्म पुग्ने प्रयास गरिरहेको छ। युक्रेनको राजधानी किभ र नजिकका शहरमा विषेश गरी पूर्वी युक्रेन र युक्रेनीहरूबीच पुग्न कठिन भएको कार्यकारी निर्देशक ब्यास्ले बताएका छन् ।
युक्रेनको राजधानी किभ र नजिकका शहरी क्षेत्रमा हाल खाद्या आपूर्ती गर्ने प्रयास भइरहेकाे डब्लुएफपीका कार्यकारी निर्देशक डेभिड ब्यास्लेकाे बताएका छन । युक्रेनमा अबको केही साता वा महिनामा अझै स्थिति थप जटिल बन्ने उनले बताएका छन् । उनले मारियुपोल शहरको विषयमा चिन्ता समेत व्यक्त गरेका छन् । करिब एक कराेड युक्रेनीहरुले युक्रेन छाेडेर छिमेकी देश पलायन भएका छन ।जसमध्ये ९० प्रतिशत महिला र बालबालिका रहेका छन।
पुरुषहरुलाई भने युक्रेन छाेडेर हिड्नलाई बन्देज गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ बैशाख २०७९, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु