राष्ट्रिय फुटबल टोलीले भोलिदेखि प्रशिक्षण सुरु गर्ने

सफल खबर संवाददाता

विहीबार, ०१ बैशाख २०७९, १७ : ४४
राष्ट्रिय फुटबल टोलीले भोलिदेखि प्रशिक्षण सुरु गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भोलि शुक्रबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ । एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीले भोलिदेखि प्रशिक्षण गर्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टोलीले दशरथ रंगशालामा शुक्रबारबाट तयारी थाल्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस