काठमाडौं । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकर्या गर्ने सहमति भएको छ । दुई पार्टीबीच ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने विषयमा पाँच बुँदे सहमति भएको हो ।
सहमतिअनुसार राप्रपा नेपालले सूर्य चिन्हमा चुनाव लड्न पाउनेछ । यसता उम्मेदवार निर्वाचित भएपश्चात राप्रपा नेपालकै हुने सहमति दुई पार्टीले गरेका छन् । सहमतिपत्रमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सघाउने र राप्रपा नेपालका उम्मेदवारलाई पनि एमालेले सघाउने सहमति समेत भएको छ ।
त्यस्तै एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने सहमति समेत भएको छ ।
दुबै दलले सहमति कार्यान्वयनका लागि आ-आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना
राप्रपाका तीन सांसद इलाम चुनावको प्रचारमा घरदैलो गर्दै
राप्रपाको आन्दोलनमा घाइते भएका नेता डाँगीको मृत्यु
कांग्रेस र राप्रपाद्वारा संसद् अवरुद्ध
राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भइसक्यो : राजेन्द्र लिङ्देन
राप्रपाको आज काठमाण्डौंमा जनप्रदर्शन, दर्जनौं स्थानबाट ऱ्याली निस्कने, भृकुटीमण्डपमा भेला