बिराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
बुधबार मोरङको विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘स्थानीय तहको निर्वाचन नगर्न षड्यन्त्र भइरहेको छ । यस्ता षड्यन्त्रलाई अदालतले पनि मान्नु हुँदैन, निर्वाचन अयोगले पनि मान्न हुँदैन ।
उनले देश टाट उल्टिने अवस्थातर्फ गएको समेत बताएका छन् । देशको अर्थतन्त्र अत्यन्त भयावह अवस्थातर्फ गइरहेको भन्दै उनले भने, ‘हाम्रै अगाडि श्रीलंकाको उदाहरण छँदैछ । श्रीलंका अत्यन्त अफ्ठ्यारो अवस्थामा पुगेको छ, नेपाल त्यता जाँदैन भन्न सकिंदैन ।’ यस्तो अवस्थामा पाँचदलीय गठबन्धनले भने देशलाई अझ अस्थिरतातिर लैजाने षड्यन्त्र गरिरहेको ओलीको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अस्तित्व मेटाउन खोज्नेहरू असफल भइसके : केपी ओली
पार्टीभित्रै एक्लिदै ओली !
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव
केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल
केपी ओली प्रधानमन्त्रीमा नियुक्त