बिराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
बुधबार मोरङको विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘स्थानीय तहको निर्वाचन नगर्न षड्यन्त्र भइरहेको छ । यस्ता षड्यन्त्रलाई अदालतले पनि मान्नु हुँदैन, निर्वाचन अयोगले पनि मान्न हुँदैन ।
उनले देश टाट उल्टिने अवस्थातर्फ गएको समेत बताएका छन् । देशको अर्थतन्त्र अत्यन्त भयावह अवस्थातर्फ गइरहेको भन्दै उनले भने, ‘हाम्रै अगाडि श्रीलंकाको उदाहरण छँदैछ । श्रीलंका अत्यन्त अफ्ठ्यारो अवस्थामा पुगेको छ, नेपाल त्यता जाँदैन भन्न सकिंदैन ।’ यस्तो अवस्थामा पाँचदलीय गठबन्धनले भने देशलाई अझ अस्थिरतातिर लैजाने षड्यन्त्र गरिरहेको ओलीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली