काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचनमा सहभागी गराउने बहनामा घोषित निर्वाचन सार्ने योजनामा रहेको आरोप लगाएका छन् ।
ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै चन्द नेतृत्वको पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउनका लागि अध्यादेशमार्फत कानुन ल्याएर निर्वाचन सार्न खोजेको भन्दै त्यो कदम राष्ट्र र जनताको विरुद्ध हुने ओलीको आरोप छ ।
‘विप्लवजीको निर्वाचनमा भाग लिन पाउनु पर्ने बहाना बनाएर चुनाव सार्न खोज्दैछ, त्यसका लागि सरकारले अध्यादेश ल्याउन लागिरहेको छ,’ ओलीको आरोप छ, ‘पाँच दलीय गठबन्धनको सिकार भएर कहीँ विप्लवजीहरू मौका पायो भने सफाइ पायो भने चुनावमा लड्ने बहाना बनाइरहनु भएको त छैन ?
त्यस बहानामा ३० गते हुने निर्वाचन सार्न मिल्दैन, सार्न पाइँदैन, यो देशको विरुद्ध षडयन्त्र हुन्छ, जनताको विरुद्ध हुन्छ ।’
ओलीले चन्द नेतृत्वले उठाएका माग अविलम्ब पुरा गर्न पनि सरकारलाई दबाब दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली