मेक्सिको । मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ ।अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् ।
हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ । गोली लागेर सात जनाको घरैमा निधन भएको छ भने एक जनाको भने अस्पतालमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २९ चैत्र २०७८, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेक्सिको बस दुर्घटनामा १८ जनाको मृत्यु
मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
मेक्सिकोमा सवारी दुर्घटनामा २६ जनाको मृत्यु
मेक्सिकोमा सडक दुर्घटनामा १८ जनाको मृत्यु