चितवन । स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्को न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।
अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुन् । उनीभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्यायाधीश छन् । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत रावलको ठाउँमा अधिकारीलाई तोकिएको जनाएको छ ।
आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत किन फेरिएको हो भन्ने बारेमा आयोगले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान