काठमाडौँ । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्ष को अवसरमा ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको जनाएको छ ।
कम्पनीका अनुसार यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुनेछ ।अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।
यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई स्थानमा फाइबर केबल चुँडिएर इन्टरनेटमा समस्या : नेपाल टेलिकम
संविधान दिवसमा टेलिकमको अफरै अफर
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधा