मेलम्चीको पानी आज सुरुङमा पठाईदै, काठमाडौंमा आईपुग्न कम्तिमा १० दिन लाग्ने

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, ०८ : २६
मेलम्चीको पानी आज सुरुङमा पठाईदै, काठमाडौंमा आईपुग्न कम्तिमा १० दिन लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आज सुरूङमा हाल्ने तयारी गरिएको छ । गत वर्ष असार पहिलो साता आएको बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी हाल्न लागिएको हो ।

आयोजनाको हेडवक्र्स र सुरूङ सफा गर्ने काम सकिएसँगै पानी सुरूङमा पानी पठाउन लागिएको हो ।अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना रहे पनि काठमाडौंमा पानी आईपुग्न अझै कम्तिमा १० दिन लाग्ने देखिएको छ । सुरूङमा पानी हालेपछि सुरुङ भरिएर सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा पानी आइपुग्न १० दिन लाग्ने भएकाले काठमाडौंवासीका धारामा पानी आउन समय लाग्ने भएको हो ।

गतवर्ष चैत १७ गते मेलम्चीको पानी पहिलो पटक काठमाडौंमा झारिएको थियो । वैशाखमा दोस्रो चरणमा राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।निर्वाचन आचारसंहिता लागू भईसकेकाले सुरुङमा पानी पठाउने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा जाने कार्यक्रम भने स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस