पाकिस्तानमा इमरान खानकाे पार्टीले देशव्यापी रूपमा विराेध गर्ने

एजेन्सी

सोमबार, २८ चैत्र २०७८, १५ : ३०
पाकिस्तानमा इमरान खानकाे पार्टीले देशव्यापी रूपमा विराेध गर्ने

पाकिस्तानमा इमरान खानकाे पार्टी तेहरिक-इ-इन्साफ पार्टीले देशव्यापी रूपमा विराेध गर्ने निर्णय गरेकाे छ ।संसदमा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गरेको र पाकिस्तान मुस्लिम लिग-एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ति पक्रिया सुरु गरेकाले विराेध गर्न निर्णय गरेकाे हाे ।‘हामीले बुधवारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु गर्दैछौं’, पिटिआई नेता र पाकिस्तानका पूर्वसूचनामन्त्री फवाद चौधरीले भने । 

निवर्तमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने उनले जानकारी दिए ।अविश्वासको प्रस्तावमार्फत् इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पिटिआईका समर्थकहरूले संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस