दाङमा तालमेल तयारीमा सत्तारुढ दल

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, २० : २०
दाङमा तालमेल तयारीमा सत्तारुढ दल

काठमाडौं । दाङका सत्ता गठबन्धन दलअर्न्तगतका क्रियाशील राजनीतिक दलले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् ।

आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेरै जानुपर्ने सत्ता गठबन्धनमा रहेका दाङ पाँच राजनीतिक दलहरूले केन्द्रमा सुझाव समेत पठाइसकेका छन् । 

पाँच दलका जिल्ला स्तरीय नेताहरूको बैठकले वैशाख ३० को स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच सहकार्य गरेरै जानुपर्ने सुझाव केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको कांग्रेस सभापति शंकरप्रसाद डागीले बताए । 

दाङमा सबै पार्टीको अवस्था, गत २०७४ सालको निर्वाचनमा मत परिणाम र वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै गठबन्धन दलहरू बीच चुनावी तालमेल गरेर जानुपर्ने निष्कर्ष निकालिएको सभापति शंकरप्रसाद डाँगीले भनाई छ । 

बैठकमा नेपाली कांग्रेसका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्रका संयोजक तुलसीराम पुन, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि वेल्बासे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य र जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जीवन भण्डारीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस