प्रदेश १ अहिलेसम्म किन रह्यो नामविहीन ?

पत्रपत्रिकाबाट

आइतबार, २७ चैत्र २०७८, ०७ : ४७
प्रदेश १ अहिलेसम्म किन रह्यो नामविहीन ?

विराटनगर । प्रदेश १ अहिलेसम्म नामविहीन छ। नामकरणको विषयमा औपचारिक छलफलसमेत हुन सकिरहेको छैन। प्रदेशको नाममा सहमति जुटाउन मुख्यमन्त्री राजेन्द्रले जिम्मेवारी दिएका स्वास्थ्यमन्त्री जयराम यादवले अहिलेसम्म छलफल अघि बढाउन सकेका छैनन् ।

प्रदेश सरकारको आयु कम हुँदै गइरहँदा नामकरण असम्भव बनिरहेको छ। मुलुकका ६ वटा प्रदेशले नामकरण टुंग्याए पनि प्रदेश १ पछि परिरहेको छ। नेकपाको दुई तिहाइ सरकार हुँदा पनि प्रदेशले नाम पाएन। सरकारले नामसम्बन्धी प्रस्ताव संसद्मा ल्याउनै सकेन। 

पहिचान, सभ्यता कि भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने भन्ने विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा प्रदेशले अहिलेसम्म नाम पाउन सकेको छैन। तत्कालीन नेकपाका बहुमत सदस्य पहिचानका आधारमा नाम राख्नुपर्ने पक्षमा थिए। सत्तारुढ केही प्रदेशसभा सदस्य पहिचानको विपक्षमा उभिएपछि नामसम्बन्धी प्रस्ताव त्यतिबेला सदनमा पुग्न नसकेको हो। 

पूर्वमुख्यमन्त्रीहरू शेरधन र भीमले नामको विषयलाई प्राथमिकतामा राखिएको बताउँथे। प्रदेशको नामकरण गर्न नसकेको भनेर शेरधन र भीमविरुद्ध अनेक टिकाटिप्पणी भए।

अहिलेका मुख्यमन्त्री राजेन्द्रकुमारले पनि सरकारको प्राथमिकतामा रहेकाले प्रदेशसभाको गत हिउँदे अधिवेशनबाट नाम टुंगो लगाउने बताएका थिए। तर, यही विषयलाई ओझेलमा पारियो । ५ दलीय गठबन्धन दलभित्रै पहिचान र भूगोलका आधारमा मतभिन्नता छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस