काठमाडौं । हाल नेपालको मौसममा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एकदुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ।
यसैगरी दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
यस्तै प्रदेश नं १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राति प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।
यस्तै प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र मधेस प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ चैत्र २०७८, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरको बेलौरीमा भारी वर्षा
कैलालीको गर्भा दरबार क्षेत्रमा भारी वर्षा
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह