काठमाडौं । राप्रपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको राप्रपाले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंको रत्नपार्क स्थित खुलामञ्चमा आम सभा गरेको हो ।
आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्दैछन् । आमसभामा उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं,ललितपुर र भक्तपुरका पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको छ । काठमाडौंबासीलाई खुलामञ्चमा उतार्न राप्रपाले केही दिन अघिदेखि तयारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
कमल थापालाई टिकट दिएपछि राप्रपामा रडाको
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा