काठमाडौं । राप्रपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको राप्रपाले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंको रत्नपार्क स्थित खुलामञ्चमा आम सभा गरेको हो ।
आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्दैछन् । आमसभामा उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं,ललितपुर र भक्तपुरका पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको छ । काठमाडौंबासीलाई खुलामञ्चमा उतार्न राप्रपाले केही दिन अघिदेखि तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग