'फरक क्षमता भएका विद्यार्थीहरुको स्वास्थ्य, शिक्षासंगै जिविकोपार्जनमा महानगरले विशेष ध्यान दिएको छ' : मेयर दाहाल

सफल खबर संवाददाता

शुक्रबार, २५ चैत्र २०७८, १० : ५०
'फरक क्षमता भएका विद्यार्थीहरुको स्वास्थ्य, शिक्षासंगै जिविकोपार्जनमा महानगरले विशेष ध्यान दिएको छ' : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शारिरिक रुपमा फरक क्षमता भएका विद्यार्थीहरुको लागि विशेष खेलकुद आयोजनाले बौद्धिक क्षमता बृद्धिमा विशेष योगदान पु¥याएको बताएकी छिन् । भरतपुरमा दृष्टिविहिन, बहिरा बौद्धिक र अटिजम् अपांगता भएका विद्यार्थीहरुक लागी आयोजित विशेष खेलकुद प्रतियोगिताको उद्धाटन गर्दै मेयर दाहालले सो कुरा बताएकी हुन् ।

उनले विशेष र फरक क्षमता भएका विद्यार्थीहरूको शारिरिक र मानसिक बौद्धिक विकाका लागि यो खेलकुदले क्षमता विकासमा विशेष भुमिका खेलेको औंल्याईन् । उनले भनिन्,‘यस्ता रचनात्मक प्रतियोगिताहरूसँगै फरक क्षमता भएकाहरुको विकास, सुरक्षा र शिक्षामा भरतपुर महानगरपालिकाले विशेष ध्यान दिएको छ ।’ उनले शारिरिक रुपमा अपांगता भएकाहरुलाई लक्षित गरि देशमै पहिलो पटक सरकारी स्तरबाटै भरतपुरमा ‘अटिज्म स्कुल’ समेत संचालन गरिएको बताईन् ।

‘अपांगता क्षेत्रमा हाम्रो बालबालिका, हाम्रो भविष्य’ भन्ने नाराका साध  शिक्षा, स्वास्थ्य तथा सिप बिकासका साथै जिबन निर्वाहका लागि विशेष कार्यक्रमहरु गर्दै महानगरले उनीहरुको बृहत्तर विकासका लागि उदाहरणीय काम गरेको उल्लेख गरिन् । सबै प्रकारका अपाड्गता तथा विशेष क्षमता भएकाहरुको थप क्षमता विकास गरि उनीहरुको जिविकोपार्जनमा सहजता ल्याउनुनै महानगरपालिकाले विशेष प्राथमिकता रहेको उनले बताईन् । 

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले भरतपुर महानगरपालिकाले अपाड्ग मैत्री भैतिक पूर्वाधार निर्माणमा बिषेस जोड दिएको भन्दै छिट्टै निर्माण सुरू हुने भतरपुर महानगरपालिकाको प्रशासकिय भवन पूर्ण रुपमा अपांगमैत्री हुने बताईन् । सो अवसरमा बिगतलाई स्मरण गर्दै उनले भनिन्,‘ म निर्वाचित भएर आउनासाथ भरतपुर महानगरपालिकामा माथिल्लो तलामा आफ्नो कार्यालय व्यवस्थापन गरिएको रहेछ, त्यही समयमा अपांगता भएका साथीहरुले मलाई भेट्न समय माग्नुभयो, तर उहाँहरु माथि आउन सक्ने अवस्था देख्न सकिन र मैले तत्काल कार्यकक्ष तल सारे ।’ त्यसपछि उहॉहरू संगको भेटघाट सहज र नियमित बनेको उनले उल्लेख गरिन् । 

कार्यक्रममा प्रमुख दाहालले विजयी खेलाडीहरुलाई मेडल तथा ट्रफी प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेकी थिईन् । सोही कार्यक्रममा विद्यालय विकास समितिका अध्यक्ष प्रकास अधिकारीले फरक क्षमता भएका समुदायको सुरक्षा र क्षमता विकासका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने बताए । 

समाहित शिक्षा लेखाजोखा केन्द्र चितवन माबिको आयोजनामा आयोजित विशेष खेलकुद प्रतियोगितामा फरक क्षमता भएका विभिन्न समुहका खेलाडीहरुले सहभागिता जनाएका थिए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मूमी सुवेदीको अध्यक्षतामा संचालित एक दिवसिय खेलकुद प्रतियोगितामा जिल्ला भरिबाट उमेर समुह अन्तरगत १२ समुहले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस