चेक बाउन्स मुद्दाका फरार दुई जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, १७ : ३१
चेक बाउन्स मुद्दाका फरार दुई जना पक्राउ

काठमाडौं  । बैंकिङ कसूर (चेक बाउन्स) मुद्दाका फरार २ जना प्रतिवादीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरी गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र झापा गौरादह नगरपालिका–५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।

उनीहरूमध्ये राजु भण्डारीलाई उच्च अदालत पाटन ललितपुरले २०७८ बैशाख २९ गते ७ लाख २ हजार ५ सय रूपैयाँ जरिवाना ठहर गरेको थियो । उपेन्द्र प्रसाद ढुंगानालाई उच्च अदालत विराटनगरले बैंकिङ कसूर मुद्दामा २०७८ पुस २२ गते पक्राउ अनुमति जारी गरेको थियो ।

राजुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । उपेन्द्र प्रसादलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दमक पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस