काठमाडौं । उत्तर कोरियाले आफूमाथि आक्रमण गरे दक्षिण कोरियालाई परमाणु हतियारले जवाफ दिने चेतावनी दिएको छ।
पछिल्लो दिनमा उत्तर कोरियाका नेता किम जोंग उनकी बहिनी किम यो जोंगले यो धम्की दोहोर्याइरहेको बिबिसीले जनाएको छ। दक्षिण कोरियाका रक्षामन्त्रीको भनाइ पछि उनको यो चेतावनी आएको हो। दक्षिणका रक्षा मन्त्रीले आफ्ना सेना उत्तर कोरियाको कुनै पनि स्थानमा आक्रमण गर्न सक्षम रहेको बताए । लगत्तै किम यो जोंगले दक्षिणका रक्षामन्त्रीले यसो भनेर ठूलो गल्ती गरेको प्रतिक्रिया दिएकी थिइन्।
किम यों जोंगले भनेकी छन्, ‘उत्तर कोरिया युद्धको पक्षमा छैन तर दक्षिण कोरियाले हाम्रो एक इन्च जमिनमा मात्रै आँखा लगायो भने यस्तो आक्रमण हुन्छ, जुन उसले कल्पनै नगरेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ चैत्र २०७८, ११ : ४४
लेखकबाट थप