काठमाडौं । मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन्।
स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन गर्न वीरगन्जमा मङगलबार एमालेले आयोजना गरेको बृहतआमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो सरकारका पालामा भएका विकासका कामहरुको मात्रै वर्णन गरेर मधेसलाई फकाउने कोशीस गरेका हुन्।
विपक्षी दल र सरकार चर्को अलोचना भन्दापनि उनले सम्बोधनको अधिकांश समय मधेस र मधेसीका लागि विगतमा आफ्नो सरकारले गरेका कामहरुको वर्णन मै खर्च गरे।
मधेसी जनतालाई भ्रममा पारेका केही नेताहरुले आफूलाई मधेसी विरोधी भनेर मिथ्या हल्ला चलाएको भएपनि आफू सदैव मधेस र मधेसीको पक्षमा भएको ओलीले जिकिर गरे।
ओलीले भने,‘म आफै मधेसको मान्छे हु, ६० वर्षसम्म मधेसमै बसेको मान्छे हुँ, मधेसमा मैले हलो जोतेको छु, खेतमा पैनी (कूल) को पानी लगाएको छु, भैसीमा चढेर वस्तुभाउ चराएको छु।
मधेस विरोधी भन्नेहरुले भन्दै गरे तर आफूले मधेसको विकासमा काम गर्दै गरेको उनले सुनाए। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २३ चैत्र २०७८, ०६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना