पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, ०५ : ५५
पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

काठमाडौं । नेपाल आयल निगम (एनओसी)ले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगम संचालक समितिको बैठकले मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । 

निगमका सहप्रवक्ता पुुस्कर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार 
काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ।  

यस्तै डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ कायम गरिएको छ । यसैगरी हवाई इन्धन (आन्तरिक) तर्फ ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ  भने हवाइ इन्धन (अन्तर्राष्ट्रिय) तर्फ अमेरिकी डलर ५० ले बृद्धि  भइ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५४५ कायम गरिएको निगमले जनाएको छ । 

निगमले  निगमले खाना पकाउने ग्यासको मूल्य पनि वृद्धि गरेको छ । नयाँ मूल्य १६ सय रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको तथा भारतीय आयल निगमले नयाँ मूल्य सूची पठाएपछि निगमले पनि मूल्यवृद्धिको निर्णय लिएको बताइएको छ ।