एजेन्सी । श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ ।
औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो ।
यसअघि आपतकालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो ।
विरामीको जीवन रक्षा गर्न यस्तो घोषणा गरिएको जीएमओएका सचिव डा. सेनाल फर्नान्डोले बताए । सरकारको कमजोर व्यवस्थापनका कारण देशभर औषधिको अभाव देखिएको जीएमओले आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ चैत्र २०७८, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता