एजेन्सी । श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ ।
औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो ।
यसअघि आपतकालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो ।
विरामीको जीवन रक्षा गर्न यस्तो घोषणा गरिएको जीएमओएका सचिव डा. सेनाल फर्नान्डोले बताए । सरकारको कमजोर व्यवस्थापनका कारण देशभर औषधिको अभाव देखिएको जीएमओले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ चैत्र २०७८, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण