सत्ता गठबन्धनको बैठक बस्दै, निर्वाचनमा तालमेलको मोडालिटी बारे छलफल

सफल खबर संवाददाता

मंगलबार, २२ चैत्र २०७८, ०८ : ४२
सत्ता गठबन्धनको बैठक बस्दै, निर्वाचनमा तालमेलको मोडालिटी बारे छलफल

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएको हो ।

आजको बैठकमा तालमेलको मोटालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस