काठमाडौं । थाइल्यान्डको बैंककमा ४ दिनदेखि अलपत्र परेका यात्रुलाई नेपाल वायु सेवा निगमको अर्को जहाज वाइडबडिले काठमाडौं ल्याएको छ। गत शुक्रबार निगमको टिकट काटेका १४१ यात्रुलाई सोमबार वाइडबडिले काठमाडौं एयरपोर्टमा ओरालेको निगमका सहायक प्रवक्ता ज्ञानबहादुर अर्यालले जानकारी दिए।
सोमबार वाइडबडि ए३३०को नियमित उडानबाट बैंककमा अड्किएका यात्रुहरूलाई नेपाल ल्याइएको हो। निगमले हप्तामा २ पटक बैंककको उडान भर्दै आएको छ। यात्रु कम भएको बेलामा न्यारोबडि र बढी भएको बेलामा वाइडबडिले उडान भर्ने गरेको अर्यालले बताए।
नियमित उडानका क्रममा न्यारोबडि एनएकेडब्लु जहाज शुक्रबार बैंकक पुगेको हो। बैंककबाट काठमाडौं उडान भर्ने क्रममा रनवेमा जहाजको पछाडिका २ वटा नै पाङ्ग्रा पंचर भएको निगमका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।
पंचरपछि जहाज बैंकक एयरपोर्टमा नै ४ दिनदेखि ग्राउन्डेड भएको छ। बैंकक एयरपोर्टको भन्सार बिन्दुमा भएको ढिलाइका कारण उक्त जहाज मर्मतमा समय लागेको अधिकारीले बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ चैत्र २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै