भारतको नयाँ विदेश सचिवमा विनयमोहन क्वात्रा

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, १८ : ३५
भारतको नयाँ विदेश सचिवमा विनयमोहन क्वात्रा

काठमाडौं । विनयमोहन क्वात्रा भारतको नयाँ विदेश सचिवमा नियुक्त भएका छन् ।

नेपालका लागि भारतीय राजदूत रहेका क्वात्रालाई सोमबार विदेश सचिव  नियुक्त गरिएको हो ।

अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि क्वात्रा विदेश सचिव हुनेछन् । 

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । 

नेपाल आउनुअघि क्वात्राले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए। 

प्रतिक्रिया दिनुहोस