काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार सुन तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजावी सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १० रुपैयाँले गिरावट आएर एक हजार ३५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ चैत्र २०७८, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मुल्य २० हजार ५०० सयले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य आज पनि बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?